बिकिनी लगाएर खेती गर्ने किसान !
काठमाडौं । सामाजिक सञ्जालमा एउटी महिला चर्चामा आएकी छिन् जसले आफ्नो खाताबाट लगातार खेतीपाती गर्दै गरेको तस्विर शेयर गरिरहेकी छिन् । खेतीपातीका धेरै तस्विरहरूमा महिला बिकिनी लगाएकी देखिन्छिन्, जसका कारण कतिपयले उनीहरूलाई ट्रोल पनि गरिरहेका छन् । तर महिला किसानले ट्रोललाई प्रहार गर्दै आफूले चाहेको लुगा लगाउने बताइन् ।
ती महिलाले आफूलाई बिकिनी फार्मर भन्छिन्। उनका धेरै भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनले आफ्नो दैनिक जीवनसँग सम्बन्धित कुराहरु भिडियोमा सेयर गर्छिन् । उनले टिकटकमा द फेन्सी फार्मर प्रयोगकर्ता नामका साथ आफ्ना भिडियोहरू साझा गर्छिन्। उनी गर्मीको दिन खेतमा काम गर्दा लुगाभन्दा बिकिनी लगाउन रुचाउँछिन् ।
एक भिडियोमा उनी कालो बिकिनी लगाएर घोडासँग देखिएकी छिन् । यस भिडियोको कमेन्ट सेक्शनमा एक व्यक्तिले लेखेका छन्– तपाई दिनभर बिकिनी लगाएर खेतमा बिताउनु हुन्छ ? अर्का एक व्यक्तिले लेखेका छन्, ‘तिमी किन यस्तो उत्तेजक लुगा लगाउँछौ ?’
तर, ती महिला किसानले यी सबै ट्रोलको जवाफ दिँदै भनिन्- मलाई लाग्छ केटीहरूले आफ्नो इच्छा अनुसारको लुगा लगाउनु पर्छ। अरूले कसरी हेर्छन् भन्ने कुराले फरक पर्दैन।
महिला किसानले अर्को भिडियोमा भनिन्– घरबाट बाहिर नआउञ्जेल ब्रा लगाउँदिन । हजुरहरुलाई यो बिषयमा के लाग्छ ? भिडियोमा उनले पुरानो जमानामा फर्किनुपर्ने बताएकी छिन् । कतिपय प्रयोगकर्ताले उनको ‘नो ब्रा’ आइडियालाई समर्थन गरेका छन् भने केहीले उनको आलोचना गरेका छन् ।







डिसी नेपाल







Facebook Comment