मौनता भंग गर्ने रविको चेतावनी

डिसी नेपाल
१९ माघ २०७९ १३:४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मौनता भंग गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विरुद्ध बोल्न र लेख्न बाँकी भए तत्काल गरिहाल्न आग्रह गर्दै मौनता आजसम्मका लागि मात्रै भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

सर्वोच्च अदालतको आदेशबाट सरकारको महत्वपूर्ण मन्त्रालय गुमाएका उनले केही दिन यता फेरि गृहमन्त्री बन्न दौडधुप गरेको सञ्चारमाध्यममा सार्वजनिक भइरहेको छ ।

उनी मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री बनाउन आग्रह गरेको खुलाशा भएको थियो । सोही कारणले उनले यस्तो अभिब्यक्ति दिएको आँकलन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *