जग्गाको विवाद मिलाउन सीडीयोले नै फर्जि अख्तियारको व्यक्ति खडा गरी ७० लाखको डिल गरेको खुलासा

डिसी नेपाल
२० माघ २०७९ १०:५२
144
Shares

सिराहा । सिराहाबाट गोरखाकालागी सरुवा भएका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जग्गाको विवादित मिलाईदिन ठूलो रकमको ‘वार्गेनिङ’ गरेको भन्दै सिआईविले अनुसन्धान सुरु गरेको छ ।

सिरहाका तत्कालिन सीडीओ कवाडीको यहि विवादले सरुवा समेत रोक्का गरी सेवाग्राहीसंग जग्गा विवाद मिलाउन लाखौं रकम डिल गरेको अडियो फेला परेपछि सिआइवीले उनीमाथी अनुसन्धान सुरु गरेको हो।

जग्गाको विवाद मिलाउन सीडियोसँग पहिलो चरणमा कुरा गर्दा एक करोड रुपैयाँबाट ‘वार्गेनिङ’ सुरु भएको स्रोतले बताएको छ। सोही जग्गामा सेवाग्राहीको भाइको छोराले यसमा मेरो पनि अंश रहेको र मेरो काकाले यो जग्गा एकलै हडफिन् खोजको भन्दै उनले जिल्ला प्रशासन कार्यालय सिराहामा निवेदन दिएको थियो । सोही निवेदनको आधारमा सीडीयोले जग्गाधनीलाई विभिन्न किसिमको धाक धम्की देखाएर अनत्यमा आर्थिक वार्गेनिङ सुरु गरेको स्रोतले जनाएका छन् ।

डिल अगाडी नबढेपछि सीडीयोले नै फर्जि अख्तियारको अधिकारी पुस्पेन्द्र नामका व्यक्तिखडा गरी नयाँ डिल सुरु गरेको थियो। उनी सप्तरी राजविराजका निर्माण व्यसायी हाल लाहान स्थित कोठा भाडामा बस्दै आइरहेको स्रोतले बताएको छ। उनले सेवाग्राहीसँग आफू अख्तियारको ठुलो हाकिम रहेको भन्दै सेवाग्राहिसँग पैसाको वार्गेनिङ सुरु गरिएको स्रोतले बताएका छन्।

सेवाग्राहिसँगको पटक पटकको छलफल पछि ७० लाखमा ‘डिल’ भएको थियो। सेवाग्राहिले एकैपटक तिर्न नसक्ने भनेपछि एक महिनामा ५ किस्ता बनाएर बुझाउने सेवाग्राहि र विचौलियाविच बार्तालाप भएको थियो।

जमिनको मुद्दा मिलाउन सेवाग्राहि र सीडीयोसँग भएको वार्तालाप

सेवाग्राही– अहाँ जरे भेट करैला आवके छलै सर। (तपाईसँग भेट्न आउँ भनेको सर)।
सीडीयो कवाडी– आई फूर्सद नै है, काईल अपने आईल जाउ। (आज फूर्सद छैन तपाई भोली विहान भेट्न आउनुस्) । सर हम पुस्पेन्द्रजौडे (सीडीयोले खडा गरेको विचौलिया) बात करलियै। सर मैले पुस्पेन्द्र सँग कुरा गरें।

सीडीयो– उ के आद्मी है हमरा कोनो सम्मझेमे नई आरहल है। सायद उपर से आईल है, आन्दाज। यी आदमी हमरा ज्यादे पे्रसर करहल है। गृह सः,आ टङ्गालो स खवर आईव रहल है। ‘किन कार्वाही भईरहेछैन, के हेरेर वसिरहेछ’ भन्दै गृहस सेहो प्रेसर आईवरहल है। हम कहली ‘कार्वही भईरहेछ, प्रक्रियामा छस कहली हम।
(उ को मान्छे हो मैले पनि चिन्न सकेको छैन। सायद माथिबाट आएको हो। यो मान्छेले मलाई साह्रैै पे्रसर गरिरहेको छ। गृहबाट र टंगालबाट पनि फोन आईरहेको छ।  ‘किन कार्वाही भईरहेछैन, के हेरेर वसिरहेछ’ भन्दै गृहबाट पनि प्रेसर आईरहेको छ। मैले ‘कार्वाही भईरहेछ, प्रक्रियामा छस भनेको छु।’०

सेवाग्राही– हमरा उनका ९पुस्पेन्द्र० पर विश्वास नै भरहल है। अहिजोरे वार्गेनिङ्ग कैरती।
(मलाई उनी (पुस्पेन्द्र)संग विशवास भईरहेको छैन। तपाई सँगै बार्गेनीङ्ग गर्न पाए हुन्थ्यो।)

सीडीयो–ऐहन बात फोन पर नै करु, काईल आउँ भेटेके बात करैछी। यना फोनमे बात कके नै फसाउ।
ईबात फोनपर नै करु। काईल आउ, सात बजे बैसक बात करैछि।
(यस्तो कुरो फोनमा नगरौं,  भोली आउनु भेटेरै कुरो गरौं। इस्तो कुरो फोनमा गरेर फसाउने काम नगरौं। भोली विहानै आउनु वसेरै कुरा गरौंला।)

पुस्पेन्द्र र सेवाग्राहिविच भएको कुराकानी

पुस्पेन्द्र–म काठमाडौं मै छु। जिल्लाले सीआईवीमा मेल पठाई दिएको छ। मेल हेरेर सलट्याएर आउँछु। तपाइँहरु पनि सम्पर्कमा आउनु भएन। मेल आएको छ।
सेवाग्रही स् हामीलाई पैसा संकलन गर्न टाईम लाग्यो।

पुस्पेन्द्रःम मेल हेरेर भन्छु। यति दिनसम्म पर्खिनु भयो, अझै एकदिन पर्खिनुस्। मैले अनुसन्धानको सचिवसँग कुरा गरेको छु। जिल्लाबाट केही हुँदैन। म विभिन्न कामले व्यस्त रहेँ।।म जुनसुकै ठाउँमा पनि भेटौला।  तपाइँकै घरमा पनि भेटौंला।

सेवाग्रमही स्मलाई वुवाले जम्मा ७० लाखमा ‘डिल’ भएको कुरा सुनाउनु भएछ वास्तविक केहो रु पुस्पेन्द ६७ लाख जिल्ला र माथी सम्मलाई भो,।

सेवाग्राही स्अनि तपाईलाई व्यतिगत ३ लाख दिनुपर्ने भनिएको छ। पाँच किस्तामा तिर्ने सहमति पनि भएको थाहा पाए। ‘सीडियोले तपाईंको नम्वर दिनुभयो। हामीले तपाईं भनेको पनि सीडियो नै हो भन्ने बुझ्छौं।

पुस्पेन्द्र स्तपाईंहरुले जिल्लामै मिलाउन पर्थ्यो। तपाईंहरु जिल्ला छोडेर माथि जानु भयो। अहिले फेरी जिल्ला मै फर्काउने भएपछि तपाईंहरुलाई महगो पर्यो। फर्काउँदा पनि विभिन्न खर्चहरु भएको छ।

सेवाग्राहीः पहिलो किस्तामा कति दिने भन्ने ‘कनफ्यूजन’ भयो  कति दिने भन्ने हो।
पुस्पेन्द्रः हामीले किस्ता भनेपनि एक महिनामा तपाईहरुले जति जति सकिन्छ,  दिंदै जानु होला। तर पहिलो किस्तामा १६ लाखभन्दा माथि दिनुहोला।
सेवाग्राहीः हामी १० लाखसम्म दिने भनिरहेको थिएँ। तर १४ लाख लिएर भोली आउँछु।

घटना यस्तो हो

करिव २०५९ सालमै माओवादी द्धन्दकालकै बेला जिल्लाको मिर्चैया नगरपालिका ६ का राजेश्वर साह र तत्कालिन माओवादी नेता स्व. रामप्रताप साहविचको जग्गा विवाद मिलाउन त्यतीवेला माओवादीमै रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का अध्यक्ष समेत रहेका सिरहा नगरपालिका ७ का नागेन्द्रकुमार पासवान ९ज्वाला सिंह० र माओवादीकै केहि नेताहरुले उनीहरुसंग ९५ हजारको कपाली र २४ कठ्ठा जग्गा समेत नागेन्द्रको नाममा पास गरिएको स्रोतले जनाएको छ । २० वर्षपछि राजेश्वरले माओवादी नेताहरुलाई गुहार गरे पश्चात नागेन्द्र कुमार पासवान ९ज्वाला सिंह०संग व्यापक छलफल र पहल गरेपछि पटक–पटकगरी जम्मा ७ कठ्ठा जग्गा फिर्ता गरेपनि १७ कठ्ठा जग्गा भन्ने अझै उसकै नाममा रहेको स्रोतले बताए ।

पासवानले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ ९क० को कित्ता नं. १४७६ ९हाल मिर्चैया नगरपालिका ६ को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं. १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वर प्रसाद साहलाई बिक्री (‘उनकै जग्गा फिर्ता गरेको ’)गरेको मालपोतको श्रेस्तामा उल्लेख छ ।

तत्कालीन भूमिगत पार्टी नेकपा माओवादीमा रहेकै बेला जयकृष्ण गोइतले माओवादीमा तराईको बारेमा विमति राख्दै २०६१ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि गोइतसँगै पासवान पनि भुमिगत समुहमा लागेका थिए । त्यहि जमिनको विषयमा गोइतसंग पनि पार्टीमा विवाद र दवाव बढेपछि पासवान जयकृण गोइतसँग छुटिएको माओवादी नेताहरु बताउँछन् ।

‘दाजुभाईको विवादमा रहेको जग्गा तत्कालिन माओवादीले झगडा मिलाउने नाममा नागेन्द्र पासवानको नाममा राखेको माओवादीका नेताहरु बताउँछन् । जमिन महगो हुँदै गएपछि पासवानमा कुनियत देखिदै गएपछि पार्टीनै छोडेर हिडेको माओवादी नेताहरुको भनाई छ ।’

गोइतले पनि सोहि जग्गा फर्काउन भनेपछि उनी गोईतसँग पनि छुट्टिएर आफ्नै नेतृत्वमा दुई वर्षपछि २०६३ सालमा नागेन्द्रले जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) समूह गठन गरेको थियो । प्रहरीले खोजी गरिरहेका पासवान परिवारसहित भारतको बिहार प्रान्तमा बस्दै आएको बताइन्छ ।

स्रोतका अनुसार, ‘ ज्वाला सिंहले फिर्ता गरेको ७ कठ्ठा जग्गामा जग्गा धनीको भाई स्व. विन्देश्वर साहको छोरा रोहित साहले केहि राजनितिक व्यतिहरुको उक्साहटमा करिव ६ महिना अगाडी जिल्ला प्रशासन कार्यालयमा अंश दिलाइ दिन निवेदन दिएकोे थियो। निवेदन दिए पश्चात सिडियोले यो डिल करिव ६ महिना देखि गरिरहेको स्रोतको दावी छ।

जग्गाको अहिलेको बजार मुल्य (मार्केट भ्यालु)करिव ७ करोडको रहेको स्रोतले बताएका छन् । यसमा अख्तियार र सीवीआईले पनि सेवाग्राहिलाई सघाउँदै आएको स्रोतको भनाई छ। सीडीयो कवाडी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् ।न्युजकारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *