युएइले आफ्नो एउटा सहरको नाम फेरेर ‘हिन्द शहर’ राख्यो

डिसी नेपाल
२० माघ २०७९ ११:२१
188
Shares

काठमाडौं । इस्लामिक राष्ट्र संयुक्त अरब इमिरेट्स को एउटा सहरको नाम परिवर्तन गरी ‘हिन्द शहर’ राखिएको छ। संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति र प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमले युएईको एउटा जिल्लाको नाम परिवर्तन गर्न आदेश दिएका छन्। उनको आदेशमा, अल मिन्हाद र यसको वरपरका क्षेत्रहरू अब हिन्द शहरको रूपमा चिनिनेछन्।

अल मकतूमले आफ्नी पत्नी शेखा हिन्द बिन्त मकतौम बिन जुमाको नाममा स्थानको नाम परिवर्तन गर्ने घोषणा गरे। इन्डो अरबी महिलाहरु बीच एक लोकप्रिय नाम हो। हिन्द सहर ८३.९ किलोमिटरमा फैलिएको छ र चार प्रमुख क्षेत्रहरू छन् – हिन्द १, हिन्द २, हिन्द ३ र हिन्द ४।

दुबई सहरमा युएइमा एमिरेट्स रोड, अल ऐन रोड र जेबेल अली-लेहबाब रोड सहित धेरै प्रमुख सडकहरू छन्।

युएईको महत्वपूर्ण स्थानको नाम परिवर्तन भएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१० मा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति र अबु धाबीका शासक शेख खलिफा बिन जायद अल नाह्यानले बुर्ज दुबईको नाम परिवर्तन गरेर बुर्ज खलिफा राखेका थिए।

शेख मोहम्मद बिन रसिद अल मकतूमलाई संयुक्त अरब इमिरेट्सको प्रभावकारी शासक मानिन्छ। उनी युएईका उपराष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीका साथै दुबईका शासक पनि हुन्।

अल मकतूम संयुक्त अरब इमिरेट्सका पूर्व उपराष्ट्रपति र दुबईका शासक शेख राशिद बिन सईद अल मकतूमका तेस्रो छोरा हुन्। सन् २००६ मा आफ्ना भाइ मकतूमको मृत्युपछि मोहम्मदले उपराष्ट्रपति र शासकको जिम्मेवारी सम्हालेका थिए। अल मकतूम एक प्रसिद्ध घर जग्गा विकासकर्ता हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *