अस्ट्रेलियाका टेनिस स्टार किर्गियोसले आफ्नी प्रेमिकालाई दुर्व्यवहार गरेको स्वीकार गरे

डिसी नेपाल
२० माघ २०७९ १२:४२
196
Shares

काठमाडौं । अस्ट्रेलियाका टेनिस स्टार निक किर्गियोसले अदालतमा दायर गरेको निवेदनमा आफ्नी प्रेमिकालाई दुर्व्यवहार गरेको स्वीकार गरेका छन् ।

खराब मानसिक स्वास्थ्यको आधारमा अदालतले आरोप खारेज गर्न अस्वीकार गरेपछि किर्गियोसको निवेदन क्यानबेराको अदालतमा आएको थियो।

२७ वर्षीय किर्गियोसमाथि आफ्नी प्रेमिका चियारा पेसारीलाई क्यानबेराको फुटपाथमा धकेलेको आरोप लागेको थियो।

मजिस्ट्रेटले घटनालाई ‘हताश वा मुर्खताबाट गरिएको कार्य’ भनेका छन् ।

अदालतमा पेश गरिएको तथ्यमा भनिएको छ कि १० जनवरी २०२१ मा दुबैजना कुनै कुरामा झगडा गरिरहेका बेला उनकी प्रेमिका पेसारीले कार रोकिन् । त्यसपछि किर्गियोसले पेसारीलाई फुटपाथमा धकेले ।

पेसारीले घटनाको एक महिनापछि प्रहरीलाई बताए पनि उजुरी दिइनन् । त्यसपछि दुवैले मिलाएर सम्बन्धलाई निरन्तरता दिए ।

तर, केही समयपछि दुवैको ब्रेकअप भयो । त्यसपछि पेसारीले सन् २०२१ डिसेम्बरमा औपचारिक रूपमा उजुरी दर्ता गराएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *