आजको मौसम: तराई मधेसमा हुस्सु लाग्ने

डिसी नेपाल
२१ माघ २०७९ ६:२२

काठमाडौं। हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी, राती प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *