अमेरिकाको आकाशमा उडिरहेको बेलुन पठाउनुको उद्देश्य के थियो भन्ने चीनले बतायो
काठमाडौं । अमेरिकी आकाशमा उडिरहेको कथित ‘जासूस बेलुन’ लाई चीनले आफ्नो बाटो हराएको “नागरिक हवाई जहाज” को रूपमा वर्णन गरेको छ।
यसैबीच अमेरिकी अधिकारीहरूले यो बेलुन पछिल्लो समय संवेदनशील ठाउँमा उडिरहेको बताएका छन् । यो एक जासूसी उपकरण हो।
तर, चीनको विदेश मन्त्रालयले यो बेलुनको उद्देश्य मुख्यतया मौसमसम्बन्धी जानकारी सङ्कलन गर्नु रहेको बताएको छ । उसले भनेको छ, ‘अमेरिकी आकाशमा यस्तो बेलुन आएकोमा चीनलाई खेद छ ।’
दुई दिनअघि बुधबार यो बेलुन अमेरिकाको पश्चिमी राज्य मोन्टानामा उडिरहेको भेटिएको थियो, जसका कारण उडान रोक्नुपरेको थियो ।
अमेरिकी अधिकारीहरूका अनुसार बेलुन मोन्टानामा देखा पर्नुअघि अलास्काको अल्युसन आइल्याण्ड र क्यानडा हुँदै गएको थियो।
यद्यपि, सैन्य अधिकारीहरूले भग्नावशेष फैलिने खतराका कारण बेलुन नखसाल्ने निर्णय गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment