सापटी रकम तिर्न अपहरणमा परेको नाटक गरेपछि…

डिसी नेपाल
२५ माघ २०७९ २१:००

काठमाडौं । सापटी रकम तिर्न अपहरणमा परेको नाटक गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१३का विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा, आशमान लामा, चितवनका दिलिप विक र सर्लाहीका भोला महतो नुनिया रहेका छन् ।

चन्द्रागिरि नगरपालिका–१३ का विदुर बस्नेतले काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामालाई १० लाख रुपैयाँ सापटी दिएको तर उनीहरुले पैसा तिर्न नसकेपछि आफूहरु अपहरण परेको नाटक गरेका थिए ।

मंगलबार विदुर, जगतबहादुर, कान्छामान र आशमान पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टमा बसेका थिए । त्यहाँबाट जगतबहादुर, कान्छामान र आशमानले विदुरको पैसा तिर्ने उद्देश्यले आआफ्नो घरमा फोन गरी आफू अपहरणमा परेको भन्दै साढे ३ लाख रुपैयाँ लिएर आउन आग्रह गरेपछि सो सूचना प्रहरी समक्ष पुगेको र उनीहरुलाई उद्धार गर्ने क्रममा नाटक गरेको खुलेको थियो ।

उनीहरुका आफन्तहरुले अपहरण भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरेपछि सो कार्यालय र परिसरको टोली नैकाप पुगेको थियो । प्रहरी त्यहाँ पुगेपछि सो नाटक गरिएको भन्ने खुलेपछि प्रहरीलाई छक्याएको आरोपमा उनीहरु पक्राउ परेका हुन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *