सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहको शपथग्रहण शुक्रबार
कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथग्रहण भोलि (शुक्रबार) हुने भएको छ ।
सुदुरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ भोली लिने गरी कार्यक्रम तय गरिएको छ।
नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
एक महिना अघि नेकपा एमालेवाट मुख्यमन्त्री नियुक्त भएका राजेन्द्र रावलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख देबराज जोशीसमक्ष मुख्यमन्त्रीको राजीनामा बुझाएका थिए ।
लगत्तै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दल कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दावि पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन ।
मुख्यमन्त्रीमा नियुक्त भएका शाहको शुक्रबार शपथ ग्रहण हुन लागेको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment