मधेस प्रदेशसभा बैठक २ फागुनमा

डिसी नेपाल
२८ माघ २०७९ १९:४५

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी फागुन २ गतेका लागि आह्वान गरिएको छ ।

सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *