भारतीय विदेश सचिव क्वात्रा आज काठमाडौं उत्रिँदै, यस्तो छ उनको भ्रमण तालिका

डिसी नेपाल
१ फागुन २०७९ ६:३८

काठमाडौं। तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन्। सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटने कार्यक्रम तय भएको छ।

साेमबार बिहान १०: ३० मा काठमाडाैं उत्रने भारतीय बिदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन्।

साे छलफल पछि पराराष्ट्र सचिव पाैडेलले उनकाे सम्मानमा आयाेजित दिवाभाेज कार्यक्रममा सहभागी हुनेछन्। पराराष्ट्र सचिवले दिएकाे लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री बिमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन्र।

प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगकाे भेटमा भने भारतीय प्नधानमन्त्री नरेन्द माेदीले पठाएकाे निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन्। साेमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटने कार्यक्रम तय भएकाे छ। उनी त्यसका लागि बालकाेट जानेछन्।

विदेश सचिव क्वात्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन्। मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको छ।

याे पनि पढ्नुस्

भारतीय विदेश सचिवको ओलीविरोधी मिसन, दाहाल फकाउने एजेण्डा

राष्ट्रपति चुन्ने बेला सन्देश र निम्तो बोकेर भारतीय विदेश सचिव नेपाल आउँदै




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *