एकपछि अर्को गरी चार एटीएमबाट ७५ लाख लुटियो, मेसिनमा आगजनी

डिसी नेपाल
१ फागुन २०७९ ११:२३

काठमाडौं । तमिलनाडुको तिरुवन्नमलाई जिल्लामा एकै पटक चार एटीएमबाट ७५ लाख रुपैयाँ लुटेको घटना सार्वजनिक भएको छ ।

उत्तर क्षेत्रका आईजी कन्ननले भने, “केही एटीएम मेसिनलाई निशाना बनाएर लुटपाट गरिएको हो। यो राज्य बाहिरबाट आएका मानिसहरूले गरेको हुनसक्छ।”

आइतवार, फेब्रुअरी १२ मा, प्रहरीले तिरुवन्नमलाई जिल्लाका चार अलग-अलग क्षेत्रमा एकैसाथ एटीएम लुटिएको सूचना प्राप्त गर्यो। घटनाको अनुसन्धान गर्न आठ प्रहरी टोली गठन गरिएको छ ।

प्रहरीका अनुसार एटीएम काट्न ग्यास कटरको प्रयोग गरिएको छ । लुटपाटपछि प्रहरीले प्रमाण पाउन नसकोस् भनेर एटिएम मेसिन र सिसिटिभीमा आगजनी गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *