अडानीले किन एफपीओ रद्द गरे ? यसबारे आज अर्थमन्त्रीलाई रिपोर्ट पेश गरिने
काठमाडौं । भारतीय उद्योगपति गौतम अडानीले केही दिनअघि आफ्नो २० हजार करोडको एफपीओ रद्द गरेका थिए ।
अब सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया अर्थात सेबीले यस विषयमा आफ्नो अनुसन्धानको जानकारी दिनेछ।
यस मामिलासँग सम्बन्धित दुई स्रोतले समाचार एजेन्सी रोयटर्सलाई यो जानकारी दिएको छ।
सेबी बोर्डले फेब्रुअरी १५ मा केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणलाई भेट्ने एक स्रोतले नाम न छाप्ने सर्तमा रोयटर्सलाई बताए।
सेबी बोर्डले सीतारमणलाई अडानीसँग सम्बन्धित हालका घटनाक्रमहरूको बारेमा पनि जानकारी दिनेछ।
गौतम अडानी २४ जनवरीदेखि लगातार चर्चामा छन् ।
जनवरी २४ मा अमेरिकी अनुसन्धान कम्पनी हिन्डनबर्गले अडानीमाथि एउटा रिपोर्ट प्रकाशित गरी भ्रष्टाचारको गम्भीर आरोप लगाएको थियो ।
अडानी समूहले यी आरोपहरूलाई अस्वीकार गरेको थियो। तर प्रतिवेदन आएपछि अडानीले बजारबाट धेरै झट्का झेल्नुपरेको थियो । जसका कारण अडानी समूहले अचानक आफ्नो एफपीओ रद्द गरेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment