इजरायलले वेस्ट बैंकका ९ यहुदी बस्तीलाई मान्यता दियो

डिसी नेपाल
१ फागुन २०७९ १४:४५

काठमाडौं । इजरायली सरकारले वेस्ट बैंकमा रहेका नौवटा यहूदी बस्तीलाई मान्यता दिएको छ। पहिले यी बस्तीहरू अनाधिकृत थिए।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नयाँ सरकारको यो पहिलो कदम हो ।

अन्तर्राष्ट्रिय समुदायले त्यस्ता सबै बस्तीहरूलाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत गैरकानूनी मान्दछ।

तर, इजरायलले यस विषयमा असहमति जनाउँदै आएको छ ।

प्यालेस्टाइन क्षेत्रका जनताले यी बस्तीहरूलाई इजरायलसँगको शान्ति वार्तामा ठूलो बाधा भएको ठान्छन्।

प्यालेस्टाइन क्षेत्रका जनताले वेस्ट बैंक र पूर्वी जेरुसेलमबाट यस्ता बस्ती हटाउन माग गर्छन्।

१९६७ मध्य पूर्व युद्ध पछि इजरायलले वेस्ट बैंक र पूर्वी जेरुसेलममा १४० वटा त्यस्ता बस्तीहरू निर्माण गरिसकेको छ, जसमा करिब ६० लाख यहूदीहरू बस्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *