न्यूजिल्याण्डमा संकटकाल लागू, तस्वीरमा हेर्नुहोस् विनाश

डिसी नेपाल
२ फागुन २०७९ ११:५१
108
Shares

काठमाडौं । चक्रवात गेब्रिएलका कारण न्यूजिल्याण्डमा संकटकाल घोषणा गरिएको छ । देशको इतिहासमा यो तेस्रो पटक संकटकाल लगाइएको हो ।

न्यूजिल्याण्डका विपद् व्यवस्थापन मन्त्री किरन म्याकअनल्टीले यस सम्बन्धमा आदेश जारी गरेका छन्। यो आपतकाल नर्थल्याण्ड, अकल्याण्ड, वाइकाटो जस्ता क्षेत्रमा लागू गरिएको छ।

मंगलबार बिहान पनि करिब ३८ हजार घरमा बिजुली काटिएको थियो । आँधीका कारण अकल्यान्डमा कम्तीमा ५० घर खाली गरिएको छ । यी घरहरू ३० मिटर टावर नजिकै थिए, भत्कने खतरा देखेर मानिसहरूलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारिएको थियो।

न्युजिल्याण्ड सरकारले आँधीका कारण ७.३ मिलियन डलरको राहत प्याकेज घोषणा गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *