इजरायलको संसद बाहिर ७० हजार जनता, भित्र ‘तानाशाह’ र ‘देशद्रोही’को नारा
काठमाडौं । इजरायलमा न्याय प्रणाली परिवर्तन गर्न ल्याइएको नयाँ कानूनको विरोधमा जेरुसेलमको संसद भवन बाहिर कम्तिमा ७० हजार मानिसले प्रदर्शन गरेका छन् ।
आन्दोलनकारीहरू भन्छन् कि यी परिवर्तनहरूले न्यायपालिकाको स्वतन्त्रतालाई जोखिममा पार्नेछ। पूर्व प्रधानमन्त्री यायर लेपिडले प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नयाँ अति-दक्षिण गठबन्धनले इजरायललाई तानाशाहीमा परिणत गर्ने बताए।
यो विधेयकलाई लिएर संसदमा निकै हंगामा भएको थियो । इजरायलको संसदीय समितिले यो विधेयकलाई पहिलो समीक्षाका लागि पठाएको छ।
सो क्रममा सांसदहरु आपसमा झडप हुँदा संसदमा ‘तानाशाह’ र ‘देशद्रोही’ नारा गुन्जिन थालेको थियो । यस क्रममा एक सांसद भावुक भए र उनको आँखाबाट आँसु बग्न थाले ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्याय प्रणालीमा भएका यी सुधारहरूले न्यायपालिकामाथिको पहुँचलाई कम गर्ने बताएका छन्। नेतान्याहु विरुद्ध भ्रष्टाचारको आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment