इजरायलको संसद बाहिर ७० हजार जनता, भित्र ‘तानाशाह’ र ‘देशद्रोही’को नारा

डिसी नेपाल
२ फागुन २०७९ १३:१५

काठमाडौं । इजरायलमा न्याय प्रणाली परिवर्तन गर्न ल्याइएको नयाँ कानूनको विरोधमा जेरुसेलमको संसद भवन बाहिर कम्तिमा ७० हजार मानिसले प्रदर्शन गरेका छन् ।

आन्दोलनकारीहरू भन्छन् कि यी परिवर्तनहरूले न्यायपालिकाको स्वतन्त्रतालाई जोखिममा पार्नेछ। पूर्व प्रधानमन्त्री यायर लेपिडले प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नयाँ अति-दक्षिण गठबन्धनले इजरायललाई तानाशाहीमा परिणत गर्ने बताए।

यो विधेयकलाई लिएर संसदमा निकै हंगामा भएको थियो । इजरायलको संसदीय समितिले यो विधेयकलाई पहिलो समीक्षाका लागि पठाएको छ।

सो क्रममा सांसदहरु आपसमा झडप हुँदा संसदमा ‘तानाशाह’ र ‘देशद्रोही’ नारा गुन्जिन थालेको थियो । यस क्रममा एक सांसद भावुक भए र उनको आँखाबाट आँसु बग्न थाले ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्याय प्रणालीमा भएका यी सुधारहरूले न्यायपालिकामाथिको पहुँचलाई कम गर्ने बताएका छन्। नेतान्याहु विरुद्ध भ्रष्टाचारको आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *