फ्रान्सलाई उछिन्दै भारत स्कच व्हिस्कीको सबैभन्दा ठूलो बजार बन्यो

डिसी नेपाल
२ फागुन २०७९ १४:०१

काठमाडौं । पछिल्लो तथ्यांक अनुसार फ्रान्सलाई उछिन्दै भारत स्कच ह्विस्कीको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ । व्हिस्की निर्माताहरूले सन् २०२२ मा भारतमा २१.९० करोड ह्विस्कीका बोतलहरू निर्यात गरेका थिए, जुन २०२१ को तुलनामा ६० प्रतिशतले बढी हो।

यो जानकारी स्कच व्हिस्की एसोसिएसनले दिएको हो । यद्यपि मूल्यको हिसाबले अमेरिका अझै पनि सबैभन्दा ठूलो खरिदकर्ता हो। अमेरिकाले सन् २०२२ मा १.२७ बिलियन डलरको व्हिस्की आयात गरेको थियो। यो सूचीमा भारत पाँचौं नम्बरमा छ।

स्कच लामो समयदेखि भारतमा प्रतिष्ठासँग सम्बन्धित छ, तर स्कचले अझै पनि विश्वको सबैभन्दा ठूलो व्हिस्की बजारको २ प्रतिशत मात्र ओगटेको छ।

मिश्रित व्हिस्की भारतीय उपभोक्ताहरूको पहिलो रोजाइ भएको छ। योसँगै भारतमा महँगो सिंगल माल्ट रक्सीको माग पनि बढिरहेको छ । यसको पछाडि एउटा कारण सांस्कृतिक परिवर्तन र भारतीय ग्राहकहरूको बढ्दो क्रयशक्ति हो।

पछिल्लो दशकमा भारतमा स्कच ह्विस्कीको आयात २०० प्रतिशतले बढेको छ । निर्यातकर्ताहरूले भारतीय बजारलाई ठूलो अवसरका रूपमा हेरिरहेका छन्।

भारतले आयातित ह्वीस्कीको प्रत्येक बोतलमा १५० प्रतिशत कर लिन्छ। जसका कारण भारतीय बजारमा विदेशी ह्विस्की महँगो बिक्री हुने गरेको छ ।

स्थानीय तहका मदिरा व्यवसायीले कम कर तिर्ने र बजारमा सस्तो मूल्यमा मदिरा उपलब्ध हुने भएकाले यसको फाइदा स्थानीय तहका मदिरा व्यवसायीले पाउने विश्वास छ ।

स्कच ह्विस्की एसोसिएसनले भारत र बेलायतबीच व्यापार सम्झौता भएमा र कर घटाएमा भारततर्फको निर्यात अझै बढ्न सक्ने विश्वास छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *