दुई दिनमा ११ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
५ फागुन २०७९ ११:०४
164
Shares

काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।

आज छापावाला सुन ५ सयले घटेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो।

यता, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *