ट्याक्टरबाट खसेर चालकको मृत्यु
बाँके। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ सुख्खा बन्दरगाहमा ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४० वर्षीय भारतीय नागरीक जय प्रकाश बर्मा रहेका छन्। गम्भीर घाइते भएका बर्माको उपचारको लागी अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो।
भारतीय नम्बरको ट्याक्टरको टायर फुस्किएर बर्मा ट्याक्टरबाट खसेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment