मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

डिसी नेपाल
७ फागुन २०७९ १२:१९

सुनसरी। सुनसरीको हरिनगर  गाउँपालिका-१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुबोध मुखीयाकी ७ वर्षीया छोरी नैना कुमारी रहेकी छिन् ।

गम्भिर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो। को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले  सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *