मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका-१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुबोध मुखीयाकी ७ वर्षीया छोरी नैना कुमारी रहेकी छिन् ।
गम्भिर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो। को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।
मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment