कर्णाली अस्पतालबाट ४ हजार बढीकाे मेघा अपरेशन, जुम्लाबाहिरका पनि बिरामी आउन थाले
जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ४ हजार भन्दा बढी मेजर अपरेशन गर्न सफल भएको छ।
प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार ०७१ सालमा सेवा सुरु गरेको प्रसुति सेवा मात्रै चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले लिएका छन्। सो अस्पतालवाट ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरंग सेवा लिएका छन भने ३२ हजार ७ सय ४० जनाले अन्तरंग सेवामा भर्ना भएर उपचार गराएका छन्।
४८ हजार ३ सय बिरामीलाइ आकस्मिक सेवा दिएको कर्णाली अस्पतालले ४ हजार ३ सय ८५ वटा मेजर अपरेसन सफल पारे पछि वरपरका जिल्लावाट बिरामी उपचारका लागि आउने क्रम बढेको छ। सुरुका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीले सेवा लिने गरेकामा विस्तारै मुगु, कालिकोट, बाजुरालगायत जिल्लाका हिमाली भेगवाट पनि बिरामी आएर उपचार गर्ने क्रम बढदै गएको बुढाले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment