ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छः उपप्रधानमन्त्री लिङ्देन

डिसी नेपाल
८ फागुन २०७९ २२:२९
48
Shares

फिक्कल। उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर हुनुपर्ने बताएका छन्। इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा आज आयोजित कार्यक्रमा उनले ऊर्जा क्षेत्रमा लगानी विस्तारमा आफू लागिपरेको बताए।

पछिल्लो समय राजनीतिक दलप्रति धेरैको असन्तुष्टि देखिएको उल्लेख गर्दै ऊर्जामन्त्री लिङ्देनले सबै मिलेर काम गर भन्ने जनादेश प्राप्त भएकाले देशलाई शिरमा राखेर काम गर्नुपर्नेमा जोड दिए । आफू मन्त्री भएपश्चात् विद्युत् उत्पादन बढाउन लागिपरेको उनको भनाइ छ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले देशमा राजनीतिप्रतिको वितृष्णा पैदा भइरहेको अवस्थामा राजनीतिक दल सुध्रिएर काम गर्नुपर्ने बताए।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले पालिकाको आम्दानी हुने सङ्घसंस्था र पर्यटकीय स्थल पालिकाकै मातहतमा सञ्चालन गर्ने हो भने पालिकाको आम्दानी बढ्ने बताए।

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ जारी गर्दै ऐन विपरीत कसैले काम गरेमा तत्काल निलम्बनसम्मको व्यवस्था रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *