गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

डिसी नेपाल
९ फागुन २०७९ १०:३८

चितवन। पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन्।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो। बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा बाघको आक्रमणबाट ए , हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन रहेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *