सिरियामा भूकम्पको भग्नावशेषमा पुरिएकी आमाले जन्माएकी बालिकाले नयाँ परिवार पाइन्

डिसी नेपाल
१० फागुन २०७९ १०:३६

काठमाडौं । सिरियामा जहाँ भवनहरूको भग्नावशेष मात्र थियो त्यहाँ एक नवजातले रोएको सुनियो। त्यो भग्नावशेषमा पुरिएर बालिकाको सम्पूर्ण परिवार ध्वस्त भएको थियो । बालिका भग्नावशेषमुनि आमाको सालसँग नाल जोडिएको अवस्थामा फेला परेकी थिइन् ।

नाभि काटिएपछि बालिकालाई अस्पताल भर्ना गरिएको थियो । राहत कार्यकर्ता र अधिकारीहरूले बालिकाको नाम अया राखेका छन् । यसको अर्थ अरबीमा चमत्कार हो।

ती बालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भए र विश्वभरका हजारौंले उनलाई धर्मपुत्री लिन प्रस्ताव गरे । अहिले यी बालिकाले नयाँ परिवार पाएकी छिन् ।

यी परिवार बालिकाका आफन्त हुन् र डीएनए परीक्षणपछि ती बालिकाको रगतको नाता यी व्यक्तिसँग भएको पुष्टि भएको हो । बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको र उनी स्वस्थ रहेको चिकित्सकले बताएका छन् ।

समाचार एजेन्सी एपीलाई दिएको अन्तर्वार्तामा खलील अल-स्वादीले भने, ‘अहिले उनी मेरा सन्तानमध्ये एक हुन्। म आफू र यी बालिकामा कुनै फरक पार्ने छैन। नयाँ परिवारले छोरीको नाम अफरा राखेको छ । बालिकाकी आमाको नाम अफरा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *