हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु (भिडियो)

डिसी नेपाल
१२ फागुन २०७९ १४:५४

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु गरेका छन् । हिमालयन बैंकले सिभिललाई गाभेर एकीकृत कारोबार शुरु गरेको हो । सिभिल बैंक १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८०.२८ कित्ता हुने गरी मर्जर भएको हो । मर्जरपछि स्थापित बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो ।

मर्जरपछि अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए। हिमालयन बैंक र सिभिल बैंकबीच गएको असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *