कानूनको बिधिमा नरही काम गरेकाले सहकारी क्षेत्रमा समस्या (भिडियो)

डिसी नेपाल
१४ फागुन २०७९ १५:१९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले कानूनको बिधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघले आइतबार काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट: कारण र समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री राईले सवैले बिधिमा रहेर सीमामा रहेर र कानूनलाई अवज्ञा नगरि काम गर्नुपर्नेमा त्यसो नभएकाले सहकारीमा समस्या देखिएको बताएका हुन् ।

उनले सरकारीले गाँउगाँउमा धेरै राम्रो काम गरेपनि सहकारीको नकारात्मक हल्लाले समस्या देखिएको धारणा राखे । सहकारीमा देखिएका समस्याहरु समयमा नै समाधान गरि यसलाई सहज रुपले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्री राईले सहकारीका बिषयमा देखिएका समस्याहरु समाधानका उपायहरुका बारेमा जानकारी गराउन आग्रह गर्दै अध्ययन गरि उचित समाधानको बाटो खोजिने बताए। कार्यक्रममा नेपाल राष्ट्र बैंकका बोर्ड सदस्य चिन्तामणी सिवाकोटीले अनुगमन गर्ने निकायलाई व्यबस्थीत गर्न नसक्दा समस्या देखिएको बताए । उनले ५० करोड भन्दा बढीको पुँजी भएको सहकारीलाई नेपाल राष्ट्र बैंकले हेर्नुपर्छ भनिएपनि राष्ट्र बैंकसंग त्यो अधिकार नै नरहेको जिकिर गरे ।

त्यस्तै उनले विश्वभर आएको आर्थिक मन्दीको असर पनि सहकारीमा देखिएको बताए।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *