एक्कासी परेको पानीले सर्वसाधारणमा अन्यौल (फोटोफिचर)

डिसी नेपाल
१४ फागुन २०७९ १८:१५

काठमाडौं। आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै सर्वसाधारणलाई असहज भएको छ।

अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो।

काठमाडौं उपत्यकासहित पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भुभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *