छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १६ जना घाइते
काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा १२ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। सप्तरीमा दुई स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १२ जना घाइते भएका छन्।
कञ्चनरुप–९ विष्णुमन्दिर नजिक मंगलबार बिहान बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा सुनसरीको दुहबी नगरपालिका –३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको छ। उक्त दुर्घटनामा घाइते भएका १२ जनाको विराटनगरमा उपचार भइरहेको छ।
सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। साथै काभ्रेको पाँचखाल नगरपालिका ४ लामीडाँडामा मंगलबबार टिप्परको ठक्करबाट मोटरसाइकल चालकको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ का २० वर्षीय गौतम तामाङको मृत्यु भएको छ।
धुलिखेल अस्पतालमा मंगलबार पौने १० बजे तामाङको मृत्यु भएको हो। सोही घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका १९ वर्षीय सांगी तामाङको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
जिरो किलोबाट पाँचखालतर्फ जाँदै गरेको बा ५ ख ३४९४ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको बा ८५ प ९०१७ नम्बरको मोटरसाइकलाई मंगलबार बिहान करिब ९ बजे ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिप्पर चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ।
उता, नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका ४ काभ्रेली चोकमा ट्याक्टर पल्टिँदा १ बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरमा सवार सोही ठाउँका १२ वर्षीय बविन क्षेत्री रहेका छन्।
जिल्ला अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान सवा ४ बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनाएको छ। दुर्घटनामा घाइते भएकी ट्याक्टरमा सवार स्थानीय २७ वर्षीया डुग्गी कुँवर क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका ट्याक्टर चालक भने उपचार पश्चात प्रहरीको नियन्त्रणमा छन्। लु ४ त ३०४६ नम्बरको ट्याक्टर सवा १ बजे अनियन्त्रित भई सडक किनारमा रहेको गणेश प्रसाद बस्यालको घरमा ठोकिन पुगेको थियो।
यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका २ पेन्सन क्याम्प चोकमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका छन्। मोटरसाइकल चालक बाग्लुङ नगरपालिका ३ गुठीका २३ वर्षीय शैलेन्द्र खड्का र पछाडी सवार स्थानीय २६ वर्षीय मिलन पुन मगर घाइते भएका हुन्।
धौलागिरि अस्पतालबाट दुवैलाई थप उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ। सडक किनार पार्किङमा राखेको ना ८ ख ३६८६ नम्बरको ट्रकमा ध १ प ९७३९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। मोटरसाइकलमा सवार दुवै मदिराको नशामा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment