भन्सार छली ल्याएको नक्कली सुनका गहना बरामद

डिसी नेपाल
१७ फागुन २०७९ ११:५८
88
Shares

काठमाडौँ। भन्सार छली ल्याएको नक्कली सुनका गहना प्रहरीले बरामत गरेको छ।

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट मंगलबार (फागुन १६ गते) करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो। बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *