जुवाखालबाट नगद ६ लाख ५२ हजारसहित ३७ जना पक्राउ

डिसी नेपाल
१७ फागुन २०७९ १२:५५
68
Shares

काठमाडौँ। जुवातास खेलिरहेको अवस्थामा काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले ६ लाख ५२ हजार ११० रुपैयाँसहित ३८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं, महानगरपालिका-१४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासमेत २३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३८ हजार २ सय रुपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं, महानगरपालिका-९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डर ग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका-७ मित्रपार्क बस्ने ३६ वर्षीय जित नारायण श्रेष्ठसमेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जन समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय १० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *