विद्युत् चुहावट गर्ने आठ जना पक्राउ

डिसी नेपाल
१७ फागुन २०७९ १९:२१
48
Shares

वीरगञ्ज। हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ जनालाई आज पर्साको पोखरीयाबाट पक्राउ गरिएको छ।

चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरीयाको टोलीले हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा आठै जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिका बहुवर्वाका अजय राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदीश कमकर, सोही गाउँपालिका सखुवनियका शम्भु महतो थारु, जिराभवानी गाउँपालिका सखुवनियाका रामशरण माझी, हरैयाका शिवनारायण चौधरी, नौकाटोलाका ब्रह्मान्द महतो थारु, ठग पजिंयार र जगरनाथपुर गाउँपालिकाका जगरमियाँ अन्सारी रहेको रहेको वितरण केन्द्र पोखरीयाका प्रमुख जगन्नाथ झाले जानकारी दिए।

सो क्रममा एक थान फ्रिज, पङ्खा र मोटर बरामद गरिएको प्रमुख झाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *