स्रोत नखुलेको ७ लाखबढी भारतीय नगदसहित दुई जना पक्राउ
मोरङ। स्रोत नखुलेको ७ लाखबढी भारतीय नगदसहित दुई जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको ७ लाख २० हजार भारतीय नगदसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारत हरियाणा बहादुरगंज बस्ने ३० वर्षीय सन्नी गुप्ता र सोही ठाउँ बस्ने ४३ वर्षीय सुरेन्द्र कुमार रहेका छन्। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रूपैयाँसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment