जीपको ठक्करबाट सिन्धुलीमा बालिकाको मृत्यु

डिसी नेपाल
१८ फागुन २०७९ २०:०५
100
Shares

सिन्धुली । सिन्धुलीमा आज दिउँसो जीपको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

जीपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ मा सडक पार गर्ने क्रममा बालिकालाई बा ४ ख ६६७३ नम्बरको जीपले ठक्कर दिएको थियो ।

बालिकालाई ठक्कर दिने जीपका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *