युएचएस होल्डिंगले नेपालमा ल्यायो हेफेल
काठमाडौँ। इंटीरियर सम्बन्धि सेवामा अग्रणी कम्पनी युएचएस होल्डिंग हेफेल डिजाइन स्टूडियोको शुभारम्भ गरेको छ।
यहि फाल्गुन १८ गते गैरिधारा स्थित हाफेल सोरुममा आयोजित एक समारोहबिच हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानेले यसको संयुक्त उद्घाटन गरेका थिए।
हेफेलको नेपालस्थित फ्रेन्चाइजको रुपमा रहेको यस नँया डिजाइन इस्टूडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिंग, फर्निटर फिटिंग, डिजिटल सेक्युरीटी लाइटिंग, किचेन फिटिंग लगायत अन्य सम्बन्धित उत्पादनहरु “रियल टाइम“ ढंगमा उपलब्ध छन् ।
उक्त कार्यक्रमा हेफेल एवं युएचएस होल्डिंगका प्रतिनिधिहरुले समुन्नत प्रविधि र उत्कृष्ट कार्यकौशलता सम्पन्न का उत्पादनहरुले विश्वका प्रसिद्ध वास्तुकार एवं इंटीरियर डिजाइनरहरुलाई अभिप्रेरित गरेको बताए। त्यसैगरी , उनीहरुले यस ब्राण्ड आफ्ना ग्राहकहरु प्रति पनि प्रतिवद्ध रहेको जानकारी दिए।
“हामी हेफेल जस्तो इंटीरियर सेवाको लागि अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त ब्राण्डसँग आवद्ध हुनपाउँदा हर्षित एवं गौरवान्वित छौ, युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपान भन्छन्। नँया हेफेल डिजाइन स्टूडियो ग्राहकहरुलाई नवीनतम उत्पादनहरु प्रदान गदै उनीहरुको जीवनशैलीलाई नँया उचाईमा पुर्याउन मद्दत गर्नेछ।
युएचएस होल्डिंग उच्चस्तरीय वाथरुम , सिलिङ्ग र रेलिङ्ग फर्निचर लगायतका इंटीरियर सम्बन्धि उत्पादनहरु प्रदान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment