फेवातालमा डुंगा दुर्घटनामा परेका १० जना उद्धार
काठमाडौं । पोखराको फेवातालमा डुङ्गा दुर्घटनामा परेका १० जनाको सशस्त्र प्रहरीले जिबितै उद्धार गरेको छ । शनिबार दिउसो अचानक आएको हावाहुरीका कारण दुई वटा डुङ्गा र ४ वटा कायाक पल्टिँदा त्यसमा रहेका १० जना व्यक्ती तालमा डुबेका थिए ।
तालमा डुङ्गा र कायाक डुबे लगत्तै फेवाताल रेस्क्यु टावर सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलिले सकुशल उद्दार गरेको हो ।
दुई वटा डुङ्गामा ६ जना तथा ४ वटा कायाकमा १/१ जना थिए । उद्दार गरिएका मध्ये ९ जना सकुसल छन् भने कास्की जिल्ला पोखरा महानरपालिका –१ बगर बस्ने वर्ष ७० कि याममाया गिरि घाइते भएकी छिन् ।
डुङ्गाले च्यापेको अवस्थामा फेला परेकी गिरिलाइ गण्डकी स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको छ । सशस्त्र प्रहरी बलको केन्द्रीय सूचना शाखाले जनाए अनुसार डुङ्गामा रहेका सबै नागरिक कास्की जिल्लाकै हुन भने कायाकमा रहेका ४ जना काठमाडौं बाट पोखरा घुम्न गएका थिए ।







डिसी नेपाल







Facebook Comment