राबडी देवीपछि अब लालु यादवलाई सोधपुछ गर्न सीबीआईको टोली पुग्यो
काठमाडौं । जागिरको सट्टा जग्गा घोटाला प्रकरणमा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसँग सोधपुछ गर्न सीबीआईको टोली मंगलबार आइपुगेको छ ।
लालु यादव हाल आफ्नी छोरी तथा आरजेडी सांसद मीसा भारतीसँग दिल्लीमा बस्दै आएका छन् । लालु यादव केही समयअघि सिंगापुरबाट मिर्गौला प्रत्यारोपण गरी भारत फर्किएका थिए ।
यसअघि सोमबार पनि सीबीआईले पटनामा राबडी देवीसँग घण्टासम्म सोधपुछ गरेको थियो । लालु यादवले रेलमन्त्री हुँदा रेल मन्त्रालयमा जागिर दिने सट्टा जग्गा लिएको दाबी छ ।
सन् २००८-०९ मा मुम्बई, जबलपुर, कोलकाता, जयपुर र हाजीपुर रेलवे जोनमा जग्गाको सट्टामा मानिसलाई रोजगारी दिएको आरोप छ । सीबीआईले यस कथित घोटालामा आरजेडी नेताहरूको घरमा छापा मारेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment