बेलारुसमा निर्वासनमा रहेकी विपक्षी नेतालाई १५ वर्षको जेल सजाय
काठमाडौं । बेलारुसको एक अदालतले निर्वासित विपक्षी नेता स्वेतलाना तिखानोव्स्कायालाई उनको अनुपस्थितिमा १५ वर्षको जेल सजाय सुनाएको छ । स्वेतलाना तिखानोव्स्कायाले सन् २०२० मा बेलारुस छोड्नुपरेको थियो ।
उनले राष्ट्रपतीय निर्वाचनमा देशका तानाशाह अलेक्जेन्डर लुकाशेन्कोलाई चुनौती दिएकी थिइन् । यो चुनाव स्वेतलानाले जितेको विश्वास गरिन्छ। स्वेतलानाले उनको विरुद्धमा फैसला सुनाउने अदालतको वैधतालाई अस्वीकार गरिन्।
उनले भनिन् कि उनी फैसलाको बारेमा सोचिरहेकी छैनन्, तर ती व्यक्तिहरूको बारेमा सोच्दै छन् जसलाई बेलारुसको सरकारले वास्तवमा जेल सजाय सुनाएको छ, उनी जस्तो अनुपस्थितिमा होइन।
बेलारुसको एक प्रमुख मानवअधिकार संगठनले त्यहाँ करिब १५०० राजनीतिक बन्दीहरू राखिएको जनाएको छ।
अदालतले स्वेतलाना तिखानोव्स्कायाका सहयोगी पावेल लातुस्कोलाई पनि १८ वर्षको जेल सजाय सुनाएको छ । पावेल लातुस्को बेलारुसका पूर्व संस्कृति मन्त्री हुन् र हाल निर्वासित जीवन बिताइरहेका छन्।







डिसी नेपाल







Facebook Comment