विश्वकप विजेता फुटबलर रोमारियोकी छोरी एडल्ट स्टार बनिन्

डिसी नेपाल
२३ फागुन २०७९ १६:५०
14.3k
Shares

काठमाडौं । आफ्नो देशका लागि विश्वकप जित्ने खेलाडीकी छोरी वयस्क सामग्रीका लागि परिचित प्लेटफर्ममा सामेल भएकी छन्। पहिलो सन्तान जन्माएपछि उनले यो निर्णय लिएकी हुन् । यसको पछाडिको कारण पनि डेनियलले दिएका छन् ।

डेनियलका बुबा रोमारियो, एक प्रसिद्ध ब्राजिलियन फुटबलर हुन्। २५ वर्षीया डेनियल फाभाटो पनि एक प्रभावशाली व्यक्ति हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णयको जानकारी दिएकी हुन् ।

डेनियलको इन्स्टाग्राममा दुई लाखभन्दा बढी फलोअर्स छन् । उनले यसै वर्ष जनवरीमा छोरीलाई जन्म दिएकी हुन् । उनका पति फाबियो एनरिक पनि फुटबल खेलाडी हुन्। जो अहिले एट्लेटिको क्याटरिन क्लबबाट खेलिरहेका छन् । उनले एडल्ट कन्टेन्टको लोकप्रिय वेबसाइटमा एकाउन्ट बनाएकी छन् र आफ्नो कन्टेन्ट प्लेटफर्ममा युनिक हुने बताएकी छन् ।

ड्यानिएलले भनिन्, ‘मैले पहिलो पटक आमा बन्दाको अनुभव बताउन सकुँ भनेर आफ्नो प्रोफाइल बनाएको छु । म बच्चा चाहन्नथेँ, तर मैले मेरो मन परिवर्तन गरें। केटाकेटीहरूसँग कसरी व्यवहार गर्ने मलाई थाहा थिएन। म प्लेनमा बच्चा रोएको सुनेर रिस उठ्ने मान्छे थिएँ । यस विषयमा भिडियो बनाउनको लागि मैले मेरो प्रोफाइल बनाएको छु।

ड्यानिएलले भनिन्, ‘मैले गर्भनिरोधक चक्की खान छोडेको थिएँ र एक महिनाभन्दा कम समयमै म गर्भवती भएँ । आमा बन्नु मेरो भन्दा मेरो प्रेमीको सपना थियो। आठ वर्षसम्म गर्भनिरोधक चक्की खाइसकेपछि, मैले यसलाई लिन रोकेँ र म बच्चा चाहान्छु वा चाहन्न भनेर सोच्न थालेँ। एक महिना बित्यो र म गर्भवती भएँ।

यो मेरो सबैभन्दा ठूलो ह्याङ्गओभर थियो र त्यही हप्ता मैले म गर्भवती भएको थाहा पाएँ। चाखलाग्दो कुरा के हो भने मैले यो खुलासा भास्कोको फुटबल खेलको दिन र सोही दिन भास्को क्लबले जितेको दिन गरेको थिएँ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *