भारतीय नौसेनाको हेलिकप्टर मुम्बईमा आपतकालीन अवतरण, चालक दलका तीन सदस्यको उद्धार

डिसी नेपाल
२४ फागुन २०७९ १६:३३
36
Shares

काठमाडौं । भारतीय नौसेनाको एडभान्स्ड लाइट हेलिकप्टर (एएलएच) ले मुम्बईको तटमा आपतकालीन अवतरण गरेको छ । प्राप्त जानकारी अनुसार हालसम्म चालक दलका तीन सदस्यलाई सकुशल बाहिर निकालिएको छ ।

समाचार एजेन्सी एएनआईले नौसेनालाई उद्धृत गर्दै यस विषयमा छानबिन गर्न आदेश दिइएको बताएको छ।

हेलिकप्टर नियमित गस्तीमा रहेको बेला मुम्बईको तटमा दुर्घटना भएको थियो । तुरुन्तै खोजी अभियान सुरु गरिएको थियो र नौसेना गस्ती जहाज द्वारा चालक दलका तीन सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *