जर्जियामा विवादास्पद कानूनको विरोधमा प्रदर्शन चर्कियो, प्रदर्शनकारी र प्रहरीबीच झडप

डिसी नेपाल
२५ फागुन २०७९ १२:०३
36
Shares

काठमाडौं । जर्जियामा विवादास्पद विधेयकलाई लिएर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । राजधानी टिबिलिसीमा ठूलो संख्यामा प्रदर्शनकारीले प्रदर्शन गरेका छन् ।

जर्जियाको संसदले एउटा विवादास्पद कानुन पारित गरेको छ । यो कानुनले प्रेस र नागरिक समाजको अधिकारलाई सीमित गर्ने आलोचकहरू बताउँछन्।

दंगा विरोधी प्रहरीले संसद बाहिरका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

यस क्रममा धेरै प्रदर्शनकारी भुइँमा लडेका थिए । प्रदर्शनकारीले जर्जिया र युरोपेली संघको झण्डा फहराएका थिए ।

प्रहरीले यस अवधिमा विपक्षी नेता जुराब जापरिड्जेसहित ६६ जनालाई पक्राउ गरेको छ ।

जर्जियाको संसदले पारित गरेको यो नयाँ विधेयकको अन्तर्राष्ट्रिय स्तरमा पनि आलोचना भइरहेको छ ।

यो विधेयक अन्तर्गत जर्जियामा कार्यरत विदेशी सञ्चार संस्था र गैरसरकारी संस्थाहरूले विदेशबाट २० प्रतिशतभन्दा बढी रकम प्राप्त गरेमा आफूलाई ‘विदेशी एजेन्ट’ घोषणा गर्नुपर्नेछ।

त्यसो नगरे भारी जरिवाना र कैदको व्यवस्था गरिएको छ । यो कानुनले जर्जियालाई रुसजस्तै अधिनायकवादतर्फ लैजाने र युरोपेली युनियनको हिस्सा बन्न जर्जियामा समस्या निम्त्याउने विपक्षीहरू बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *