७ महिनादेखि मिल नचल्दा मुगुवासी समस्यामा

डिसी नेपाल
२९ फागुन २०७९ १४:१९

मुगु। मुगुको सोरु गाउपालिका–९ सिड्डी गाउँमा निर्माण भएको कुटानी पिसानी मिल अलपत्र अवस्थामा परेको छ।

ग्रामिण सामुदायिक विकास केन्द्र (आरसिडिसि) मुगुको आयोजनामा क्याप्स कर्णाली कार्यक्रमअन्तर्गत रहेका पानीबाट सञ्चालन हुने कुटानी पिसानी र तेल प्रशोधन गर्ने लाखौ मुल्यका खत्याड गाउँपालिकाअन्तर्गत रोल, रिगा र सोरु गाउपालिकाका, आँसिधारा, सिड्डी गाउँका कुटानी पिसानी तेल प्रशोधन मिल ७ महिनादेखि अलपत्र अवस्थामा परेका हुन्।

विशेष गरेर सिड्डी गाउँका करिब ४० घर धुरीका लागि निर्माण गरिएको मिल पछिल्लो समय सञ्चालनमा नआउँदा त्यहाँका स्थानीयलाई अहिले कुटानी पिसानी गर्न थप समस्या भएको छ।

गत  भदौमा मिल जोडेर सञ्चालन ल्याउन सुरु गरिएको थियो। स्थानीय घट्ट प्रयोग गर्दै आइरहेका थिए। मिल निर्माण हुने भएपछि हर्षित भएका सिड्डी गाउँवासी सञ्चालनमा आएको पहिलो दिनमै मिल बिग्रिएपछि अहिले कुटानी पिसानी गर्न सास्ती खेपी रहेका बिउरा रोकायाले बताइन् । कुटानी पिसानी गर्न राखिएका मिलका सामग्रीहरु यत्रतत्र अवस्थामा फालिएका छन्।

ग्रामिण सामुदायिक विकास केन्द्रद्वारा सञ्चालन भएका क्याप्स कर्णाली कार्यक्रमको आर्थिक सहयोगमा खत्याडको रोलमा निर्माण भएको मिल क्यानल कुलो केही भाग बाढीले बगाएको, आँसिधारामा पनि बाढीले बगाएको हुँदा निर्माण गर्न स्रोत जुटाउनु पर्ने ग्रामिण सामुदायिक विकास केन्द्रका निर्देशक जर्मन नेपालीले बताए। उनका अनुसार मिलको बेरिङमा समस्या आएको छ।

उनका अनुसार सिड्डी गाउँको मिल करिब १४ लाख ५७ हजार ८ सय २२ रुपैयाको लागतमा निर्माण भएको नेपालीले बताए। उनका अनुसा मिलहरु आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *