इरानमा सरकार विरोधी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका २२ हजार जनालाई माफी
काठमाडौं । इरानको सरकारी सञ्चारमाध्यमले सरकार विरोधी प्रदर्शनमा भाग लिएको आरोपमा पक्राउ परेका २२ हजार व्यक्तिलाई माफी दिइएको बताएको छ ।
इरानको न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेईले भने कि केही व्यक्तिहरू आफ्नो अपराधको लागि दोषी ठहरिएका छन् भने कोही सजायको पर्खाइमा छन्।
उनले पक्राउ परेकाहरुलाई कुन अवधिमा माफी दिने घोषणा गरेको बताएनन् ।
गत वर्षको सेप्टेम्बरमा महसा अमिनी नामकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शनको सिलसिला सुरु भएको थियो ।
यस सम्बन्धमा न्यायधिशहरुलाई प्रदर्शनको नेतृत्व गर्नेलाई कडा सजाय दिन निर्देशन दिइएको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment