संसद बैठकमा अनुपस्थित हुने सांसद निष्कासित

डिसी नेपाल
३० फागुन २०७९ १६:५९
200
Shares

काठमाडौं , जापानी संसदको माथिल्लो सदनका सांसद योशिकाजु हिगाशितानीलाई निष्कासन गरिएको छ । योशिकाजु हिगाशितानी युट्युबमा एक लोकप्रिय नाम हो। गाशीको नामले चर्चित उनी युट्युबमा पोष्ट गरिएका सामग्रीका कारण चर्चामा रहन्छन् ।

युएईमा बस्दै आएका योशिकाजु गत वर्ष सांसद निर्वाचित भएपनि कुनै पनि अधिवेशनमा एकपटक पनि सहभागी भएनन् । गत साता उनलाई संसदको माथिल्लो सदनमा व्यक्तिगत रुपमा उपस्थित भई माफी माग्न भनिए पनि उनी आएनन् । त्यसपछि अनुशासन समितिले सर्वसम्मतिले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *