बैंकिङ चिन्ताका बीच सेयर बजार ओरालो लाग्ने क्रम जारी
काठमाडौं । सिलिकन भ्याली बैंकको पतनपछि सुरु भएको सेयर बजारमा आएको गिरावट अहिले जारी छ । बैंकिङ सेयर पुनः एकपटक ओरालो लागेको छ ।
स्विस बैंकिङमा सबैभन्दा ठूलो नाम मध्ये एक क्रेडिट स्विसमा २० प्रतिशतले गिरावट आएको छ।
क्रेडिट स्विसका प्रमुख लगानीकर्ताले अब बैंकलाई आर्थिक सहयोग गर्न नसक्ने बताएका छन् ।
पूरै युरोपको शेयर बजारमा गिरावट आएको छ । एफटीएइ १०० ले गत हप्ता ६ प्रतिशतले गिरावट दर्ता गर्यो।
एजे बेलका निर्देशक रस मोल्डका अनुसार, क्रेडिट एजेन्सी मूडीजले अमेरिकी बैंकिङ प्रणालीमा आफ्नो दृष्टिकोणलाई ‘नकारात्मक’ मा परिवर्तन गरेकोले लगानीकर्ताहरू ठूला बैंकहरूप्रति सतर्क हुनु अचम्मको कुरा होइन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment