त्रिवि मैदानमा क्रिकेट क्रेज (फोटोफिचर)
काठमाडौं। नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ।
आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो। नेपालले युएईलाई डकवर्थ लुइस नियमअनुसार ९ रनले पराजित गरेको हो।

लिगको अन्तिम खेल भएकाले खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदानमा पुगेका थिए। उनीसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका विशिष्ट व्यक्तिलगायत हजारौं दर्शकहरु खेल हेर्न क्रिकेट मैदानमा पुगेका थिए।

युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा छ विकेटको २६९ रन बनाएको थियो। त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल विजयी भएको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले छ विकेटको क्षतिमा ३११ रन विशाल लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो। युएईका लागि आशिफ खानले ४२ रनमा १०१ रनको योगदान दिए भने वृृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६७ रनको योगदान गरे।

नेपालको जितमा चार जनाले अर्धशतक बनाए। भीम कार्कीले ६७, आरिफ शेखले ५२ रन बनाए भने कुशल भुर्तेल र गुल्सन झाले समान ५० रनको योगदान गरे।


तस्बिरहरुः क्यान
No ads found for this position

डिसी नेपाल
Facebook Comment