बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा थापा

डिसी नेपाल
१५ चैत २०७९ २०:३०
108
Shares

बागमती । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्राध्यापक डा नरविक्रम थापा नियुक्त भएका छन् । आज बसेको बागमती प्रदेशको मन्त्री परिषद्को बैठकले थापालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

यसैगरी बैकठले आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठलाई बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । यसको साथै २०८० वैशाख १ गतेदेखि बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयमा विद्युतीय हाजिर लागू गरिने सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनको अनुसार मन्त्रिपरिषद्को बैठकले चेपाङ्गहरुको न्वागी र माझी समुदायको लदी पर्वको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *