पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालक आन्दोलित (भिडियो)

डिसी नेपाल
२१ चैत २०७९ १३:४५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालकहरुले विरोध जनाएका छन् । विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैया तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गर्दै केहिबेर सेवा बन्द गरेका हुन् ।

पार्किङ भाडा बढाएका कारण आफुहरु मारमा परेको उनीहरुले गुनासो गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सि इकाइ समितिका अध्यक्ष दिल बहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महङ्गो भएको र आफुहरुमाथि ज्यादती गरेको भन्दै सेवा बन्द गर्नुपरेको बताएका छन् ।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । यसअघि २० रुपैया लिने गरेकोमा अहिले ८० रुपैया लिएको र यसबाट सर्वसाधारणसंगै महङ्गो भाडा लिनुपरेको मजदुरहरुले जनाएका छन् । यस बिषयमा धेरै पटक पत्रचार गर्दा पनि सम्बन्धी निकायले कुनै सुनुवाई नगरेकाले बाध्य भएर आन्दोलन गनुपरेको उनीहरुले जनाएका छन् ।

हेर्नुहोस् भिडियो:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *