अमेरिकामा ठगी रोक्ने विज्ञ बनेर वृद्धवृद्धासँग करोडौं ठग्ने आशिषलाई ३१ करोड जरिवाना

डिसी नेपाल
२६ चैत २०७९ १६:००
256
Shares

काठमाडौं । अमेरिकामा एक भारतीय नागरिकलाई वृद्धवृद्धालाई धोका दिएको आरोपमा ३३ महिनाको जेल सजाय सुनाइएको छ । यससँगै २४ लाख डलर (३१.५ करोड रुपैयाँ) जरिवाना तिर्न आदेश दिइएको छ । आशिष बजाज (उमेर २९) लाई गत वर्ष अगस्ट ४ मा नेवार्क अदालतमा जिल्ला न्यायाधीश केभिन म्याकनल्टी समक्ष ठगीको षड्यन्त्र गरेको अभियोग लगाइएको थियो।

न्यु जर्सी लगायत अमेरिकाभरका वृद्धवृद्धाहरूलाई ठगी गर्ने अन्तर्राष्ट्रिय षड्यन्त्रमा संलग्न अभियुक्तले ३३ महिनाको जेल सजाय भोगेपछि २ वर्षको सुपरिवेक्षण र २४ लाख डलर जरिवाना तिर्नुपर्ने न्याय विभागले जनाएको छ ।

कागजातका अनुसार २०२० अप्रिलदेखि अगस्ट २०२१ सम्म आशिष बजाज र उनका सहयोगीहरूले विभिन्न बैंक, अनलाइन रिटेलर विक्रेता र अनलाइन भुक्तानी कम्पनीको कर्मचारीको रूपमा देखाएर वृद्धवृद्धाहरूलाई लक्षित गरेका थिए।

यसका लागि अभियुक्तहरूले पीडितहरूलाई सम्पर्क गरे र प्रतिष्ठित कम्पनीहरूको तर्फबाट ठगी रोकथाम विशेषज्ञ भएको दाबी गरे। अभियुक्तहरूले बैंक, अनलाइन खुद्रा विक्रेता र अनलाइन भुक्तानी कम्पनीका ग्राहकहरूको खाता खाली गरे।

आशिष बजाज र उनका सहयोगीहरूले पीडितहरूले झुटो बोलेको भन्दै आरोप अस्वीकार गरे। उनझहरूले कुनै ठगी नगरेकको दावी गरे र ठगी रोक्न र दोषीलाई पक्रन स्टिङ अपरेसनमा पीडितहरूको सहयोग चाहिन्छ भने । आरोपितले भने कि स्टिङ गर्नका लागि उनीहरूले केही बुढाहरूलाई आफ्नो खातामा पैसा पठाउन भने। यो स्टिङ अपरेशनको केही दिनपछि मात्रै उनले उनीहरुलाई पैसा फिर्ता गर्ने भनेका थिए ।

पीडितहरूलाई पैसा पठाएपछि स्टिङ अपरेसनपछि अनलाइन ठगी गर्नेहरूलाई जेल हाल्ने झूटो आश्वासन पनि दिइएको थियो। अदालतको कागजातका अनुसार आरोपीले भारत, चीन, सिंगापुर र युएईका धेरै बैंकहरूमा अन्तर्राष्ट्रिय वायर ट्रान्सफर पठाएका थिए।

पीडितहरुले अमेरिकामा रहेका अभियुक्त बजाजको बैंक खातामा पनि अनलाइन आवेदन मार्फत पैसा पठाएका थिए । यसरी आरोपीले पीडितसँग ३२ करोडभन्दा बढी ठगी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *