आन्तरिक पर्यटक बढेसगैँ बढ्यो प्लास्टिकजन्य फोहर
चौतारा। आन्तरिक पर्यटक बढेसगैँ सिन्धुपाल्चोकको पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढेको छ। पर्यटक वृद्धिसँगै होटल प्रतिस्पर्धामा सञ्चालन हुन थालेपछि प्लास्टिकजन्य फोहर बढ्न थालेको हो।
व्यवसायीले भिरको कुनामा फोहर थुपार्न थालेपछि गाउँपालिकाले चेतानामूलक सरसफाइ अभियान गरी फोहर सङ्कलन गरिरहेको गाउँपालिका अध्यक्ष टाँसी लामाह्योल्मोले जानकारी दिए। पोखरी आसपास सफा देखिएको छ। तर व्यवसायीले भिरमा अव्यस्थितरुपमा फोहर फालिएको उनले बताए। दोबाटो होमस्टेका सञ्चालक मङ्गले तामाङ होटल बाट निस्कीएको फोहोर व्यवस्थीत गर्ने ठाँउ नहुँदा भिरमा फोहोर फालेको बताउँछन्।
उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले सरसफाइलाई विशेष ध्यान दिई विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेको छ। फोहरमैला व्यवस्थापन गर्न चार वटा वडामा सङ्कलन केन्द्र निर्माण गरी काम अगाडि बढाएको ग्रामीण समाज कल्याणका कार्यक्रम संयोजक हर्क तामाङ बताउँछन्।
घरैबाट कुहिने र नकुहिने फोहर छुट्याई सङ्कलन केन्द्रमा सङ्कलन गरिन्छ। कुहिने फोहरलाई कम्पोष्ट बनाउने प्रविधि सिकाइ पुनः प्रयोग गर्न सकिने फोहरलाई नयाँ सामग्री बनाइ बजारमा बिक्री गरी आयआर्जन गर्ने प्रयास गरिरहेको तामाङको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment