पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’ गीति एल्वम लोकार्पण

डिसी नेपाल
१६ वैशाख २०८० १९:०९
80
Shares

काठमाडौं। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले आज यहाँ आयोजित समारोहमा उक्त एल्वम सार्वजनिक गरेका हुन्।

उक्त एल्वममा तिमी अर्कै भयौँ, म सिँढी चढ्दै जान्छु, कर र करार होइन माया, के जिउनु खै जिन्दगी, देउराली भाक्नुपर्ने, के भेट भयो यस्तो र हिमाल हेरेर बोलका जीवन, प्रेम, आत्यात्मिक र देश दर्शनसँग सम्बन्धित सातवटा गीत समेटिएको छ ।

पूर्वप्रधानन्यायाधीद्वारा रचित गीतमा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का र मिलन नेवारको स्वर र शक्ति बल्लभको सङ्गीत रहेको छ ।

सो अवसरमा प्रमुख अतिथि एवं गीतकार श्रेष्ठका पिता कुलबहादुरले मानिस भएर जन्मिएपछि देशको सेवा र अरुको सम्मान गर्नुपर्छ भन्ने बुद्धि र विवेक सबैमा रहन जरुरी रहेको बताए ।

वरिष्ठ गीतकार यादव खरेलले गीत भनेको शब्द, सङ्गीत र गायनको संयोजन भएकाले त्रिवेणीमा जोडिएपछि कलकल बगेको नदीको पानीझैँ हुनुपर्छ भने ।

उनले भने, “गीत–सङ्गीतले प्रदान गर्ने मिलन, विछोड र हाँसोका कुरा आम स्रोता र दर्शकले अपनत्व महसुस गर्नुपर्छ, त्यसो भएमा सिर्जनाले निरन्तरता पाउँछ ।”

प्रा डा कृष्णहरि बरालले नेपाली गीत–सङ्गीत र साहित्यिक विधामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ शक्तिशाली लेखक र लेखनमा निरन्तता भएको श्रष्टाकारूपमा स्थपित हुने विश्वास व्यक्त गरे।

वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले नेपालको गीत सङ्गीतका सागरमा प्रवेश गरेएकामा पूर्वप्रधानन्यायाधीशलाई स्वागत गर्दै उनका गीतमा सिर्जनामा विविधतामात्र नभई नेपाली शब्द भण्डारलाई बलियो बनाएको बताए ।

गीतकार श्रेष्ठले गीत–सङ्गीतको नयाँ यात्रामा प्रवेश गरेकाले सिर्जनाका बारेमा आउने प्रतिक्रिया र सुझावलाई पूर्णरूपले सम्मान गर्ने बताए ।

उनले भने, “सङ्गीतको पवित्र धुनले वातावरण सुधार्न योगदान पुर्‍याउँछ, हामीले गरेका कर्मले समाजमा सिर्जनशीलता र आशाको सन्देश प्रवाह गर्नुपर्छ भन्ने लाग्छ ।” कार्यक्रममा सहभागी अन्य वक्ताहरूले उहाँका गीतले राष्ट्रियताप्रति इमान्दार हुन खबरदारी गरेको प्रतिक्रिया दिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *